पीएनजीविरुद्ध नेपाल जित नजिक

पीएनजीविरुद्ध नेपाल जित नजिक



काठमाडौं । यूएईमा आजबाट सुरु भएको आईसीसी विश्वकप लिग टूको अन्तर्गतको यूएई त्रिकोणत्मक सिरिजमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)विरुद्ध खेलिरहेको छ ।

पीएनजीविरुद्ध २ सय ४ रनको लक्ष्य पछ्याईरहेको नेपाललाई जितका लागि १३ ओभरमा ३० रन आवश्यक रहेको छ । नेपालसँग ६ विकेट हातमा सुरक्षित रहेको छ ।

नेपालका ओपनर कुशल भुर्तेलले ६९ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेलेर आउट भए । अर्का ओपनर आसिफ शेखले ४४ रन बनाएका थिए ।

पहिलो विकेटका लागि दुई ओपरकोबीचमा ७६ रनको साझेदारी भएको थियो । कप्तान रोहित कुमार पौडेल २० रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ४ बनाएका थिए ।

हाल क्रिजमा आरिफ शेख र दीपेन्द्र सिंह ऐरी रहेका छन् ।

पीएनजीका लागि कप्तान असद भालाले २ तथा नर्मन भानुवाले १ विकेट लिएका छन् ।