नेपाललाई मलेसियाको ७३ रनको झिनो लक्ष्य

नेपाललाई मलेसियाको ७३ रनको झिनो लक्ष्य

आकाश र दिपेशको उत्कृष्ट बलिङ



काठमाडौं । दीपेश कंडेल र आकाश चन्दको सानदार बलिङमा मलेसियाले नेपाललाई ७३ रनको लक्ष्य दिएको छ । यूएईएमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गतको प्रतियोगितामा नेपालले जितका लागि ७३ रनको लक्ष्य पाएको हो ।

यूएईस्थित मलेका क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ओभरमा ३५.३ ओभरमा अलआउट हुँदै ७२ रन मात्र बनायो । मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद सायाहिरले १२ रन बनाए । मूहम्मद हरिसानले १२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि दीपेश कंडेलले १० ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए । आकाश चन्दले ३ तथा मिलन बोहोराले २ विकेट लिए । सुवास भण्डारीले १ विकेट लिए ।

नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । पहिलो खेलमा शुक्रबार सिंगापुरलाई , दोस्रो खेलमा शनिबार कुवेतलाई र तेस्रो खेलमा सोमबार हङकङलाई पराजित गरेको थियो ।

मलेसिया भने चौथो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो ।

२०१६ पछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यका साथ यूएई पुगेको नेपाली टोली जितलाई निरन्तरता दिन चाहन्छ । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।

अन्तिम खेलमा नेपालले २ मार्च बुधबार घरेलु टोलीसॅंग खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ ।