यसपाली छैन मुगुमा खाद्यान्न संकट, गोदामहरु भरिभराउ

यसपाली छैन मुगुमा खाद्यान्न संकट, गोदामहरु भरिभराउ



मुगु । हिमाली जिल्ला मुगुमा खाद्यान्नले गोदाम भरि भराउ भएका छन् । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड कार्यालय गमगढी बजार लगायत डिपो कार्यालयहरुमा खाद्यान्नले गोदाम भरिभराउ भएका हुन ।

विगतका वर्षहरुममा प्राय शाखा कार्यालय सँगै डिपो कार्यालयमा चामलको अभाव हुने जिल्लामा यो पटक खाद्यान्नले  भरि भराउ भएको कार्यालयले जनाएको छ  । 

पछिल्लो समय कार्यालय र डिपो कार्यालयमा चामलको मौज्दात रहे पछि खाद्यान्न लिन आउनेको संख्या पनि वृद्धि भएको कार्यालयले जनाएको छ । 

जिल्लाका डिपो, बिक्री केन्द्रहरूमा चामल ढुवानीको जिम्मा पाएको खड्का निर्माण सेवाले पछिल्लो समय मुगु जिल्लाको लागि ढुवानी प्रक्रियामा सक्रियता बढाए पछि अहिले मुगुमा खाद्यान्नको अभाव बाट चुकेको छ ।

बिगतका वर्षहरुमा मुगु जिल्लाको लागि हेर्दा कहिले चामल प्रदेश राजधानीमै गायब, कहिले दसैंको मुखमा चामल अभाव जस्ता समाचारहरु लेख्न र सुन्न पाईने गरेको थियो । अहिले कार्यालय सँगै डिपो कार्यालयहरुमा चामलको प्रायाप्त वृद्धि भएको खाद्य ब्यवस्था तथा ब्यायपार कम्पनि लिमिटेड शाखा कार्यालय मुगुका कार्यालय प्रमुख पुस्कर भामले बताए । 

उनका अनुसार शाखा कार्यालय गमगढीको लागि ११ हजार क्विन्टल चामल कोटा रहेको छ भने जसमा ६ हजार क्विन्टल चामल ढुवानी भई करिब ४ हजार क्विन्टल चामल बिक्रि वितरण भई सकेको र २ हजार १ सय क्विन्टल चामल मौज्दात रहेको पनि अवगत गराए । 

अहिले प्रत्येक दिनमा चामल लिन दर्जनौ नागरिक आउने गरेको बताए । मुगुका पुलु र सोरुकोट डिपो कार्यालयमा पनि चामल मौज्दात रहेका छन् । अहिले पुलु र सोरुकोट डिपो केन्द्रमा १ सय क्विन्टल भन्दा बढि खाद्यान्न मौज्दात रहेको कार्यालय प्रमुख भामको भनाई छ ।

अहिले पुलु र सोरुकोट डिपो केन्दमा पर्याप्त मात्रामा खाद्यान्न रहेकाले स्थानीय विगतजस्तो अभाव नहुने उनले दाबी गरे । खत्याड गाउपालिकाको श्रीकोट डिपो केन्द्रमा भने चामल अहिले प्रायप्त मात्रा नरहेको बताए ।