केपी ओली कपको उपाधि मछिन्द्रलाई

केपी ओली कपको उपाधि मछिन्द्रलाई



काठमाडौं । मछिन्द्र फुटबल क्लबले केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा सातदोबाटो युथ क्लबलाई ५–३ ले हराउँदै मछिन्द्रले उपाधि उचालेको हो ।

खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा मछिन्द्रले बाजी मार्यो । पेनाल्टीमा मछिन्द्रका रंजित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा नुरेन करिमले गोल गरे ।

सातदोबाटोका निरज चौधरी, दिपेन राज सिंह र एक राज बुढाथोकीले गोल गरे । तर, सातदोबाटोका अब्दुल अबुबकारीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए । पेनाल्टी अघि खेलको पाँचौं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १८ औं मिनेटमा जोर्डन ओवानाले गोल गर्दै सातदोबाटोलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

उपाधिसँगै मछिन्द्रले १० लाख नगद प्राप्त गरेको छ । उपविजेता सातदोबाटोले ५ लाख नगद प्राप्त गरेको छ ।