आईसीसी विश्वकप लिग टू : करणले दिलाए नेपाललाई पहिलो सफलता

आईसीसी विश्वकप लिग टू : करणले दिलाए नेपाललाई पहिलो सफलता



काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईविरुद्ध पहिले बलिङ गरिरहेको नेपालले पहिलो विकेट हात पारेको छ ।

नेपालको लागि पहिलो ओभरमा करण केसीले मुहम्मद वासिमलाई बोल्ड आउट गरेका हुन् ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर नेपालले पहिला बलिङ रोजेको हो । यस सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले यूएईसँग खेलिरहेको हो ।

यस सिरिजमा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो । यूएई भने पपुवा न्यु गिनीसँग पराजित भएको थियो ।

लगातार पाँच एकदिवसीय अन्तराष्ट्रियमा अपराजित रहेको नेपाल जितलाई निरन्तरता दिन चाहान्छ ।

अब नेपालले लिग २ का बाँकी सबै सात खेलमा विजयी हुँदा ४२ अंकमा पुग्नेछ । नेपाल सबै खेलमा विजयी हुँदा शीर्ष तीन स्थान पक्का हुनेछ । नेपाल सबै खेलमा विजयी हुँदा र युएईले बाँकी ६ खेल जित्दा ३९ अंकमा मात्र पुग्न सक्छ ।

सोझै विश्वकप छनोट खेल्न अब नेपाल, युएई र नामिबियाबीच प्रतिस्पर्धा छ । यी तीन देशमध्ये एकले सोझै छनोटमा स्थान बनाउनेछ । पुछारका चार टोलीले नामिबियामा मार्च/अप्रिलमा हुने प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ ।

प्लेअफ क्वालिफायरमा लिग टू का पुछारका चार टोलीसँगै क्यानडा र जर्सी हुनेछन् । जसबाट शीर्ष दुई टोलीले आईसीसी एकदिवसीय बिश्वकप छनोट खेल्न पाउनेछन् ।

नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।

नेपालको प्लेईङ-११

आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल (कप्तान), आरिफ शेख, गुल्सन झा, कुशल मल्ल, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने