आइसिसी यू–१९ विश्वकप छनोट : देवको अर्धशतक पूरा

आइसिसी यू–१९ विश्वकप छनोट : देवको अर्धशतक पूरा



काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईविरुद्धको खेलमा नेपालका कप्तान देव खनालले अर्धशतक पूरा गरेका छन् । देवले ७५ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले २६ ओभरको समाप्तीमा ४ विकेट गुमाएर १ सय १२ रन बनाएको छ । नेपालका ओपनर दीपक बोहोरा ईनिङको पहिलो बलमा नै आउट भएका थिए । अर्का ओपनर अर्जुन कुमाल ३ तथा आकाश त्रिपाटी ९ रनमा आउट भएका छन् ।

यूएईका लागि हरिस शेठ्ठीले २ तथा हर्शित शेठले १ विकेट लिएका छन् ।

अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर नेपालले ब्याटिङको निर्णय लिएको हो । समान अंक रहे पनि यूएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।

नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।

नेपाल २०१६ पछि यू९१९ विश्वकप खेल्ने सोचमा हुनेछ । यूएईसँग नेपाल २०१९ मा भोगेको एक रनको हारको बदला लिँदै विश्वकपमा पुग्न चाहन्छ ।