विश्वकप लिग टू : कुशलको अर्धशतक पूरा

विश्वकप लिग टू : कुशलको अर्धशतक पूरा



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिदेशीय सिरिजमा यूएईले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल मल्लले अर्धशतक पूरा गरेका छन् ।

कुशलले ४२ बलमा ८ चौका र १ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका हुन् । कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा चौथो अर्धशतक हो ।

यो सँगै नेपालले १५ दशमलब २ ओभरमा ५ विकेट गुमाएर ८४ रन बनाएको छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल रहेका छन् ।