आईसीसी विश्वकप लिग–२ : सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता

आईसीसी विश्वकप लिग–२ : सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता



दुबई । आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् । उनले ११ औं ओभरको पहिलो बलमा किप्लिन दोरिगालाई एलबीडब्लू आउट गराएका हुन् । दोरिगाले २६ र बनाए ।

जारी त्रिकोणात्मक सिरिजमा नेपालले मध्यम सुरुआत गरेको हो । पीएनजीले १२ ओभरको समाप्तीमा १ विकेटको क्षतीमा ५० रन बनाएको छ ।