दिपेन्द्रले लिए नेपालकाे लागि पाँचौं विकेट

दिपेन्द्रले लिए नेपालकाे लागि पाँचौं विकेट



काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले पाँचौं विकेट लिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले पाँचौं विकेट लिएका हुन् ।

दिपेन्द्रले ३६ ओभरको अन्तिम बलमा गौडी टोकालाई १५ रनमा बोल्ड आउट गराएका हुन् । यसअघि नेपालले २२ र २३ औं ओभरमा लगातार दुई विकेट लिएको थियो ।

त्यसैगरी, पीएनजीका सेसे बाउ १८ औं ओभरको तेस्रो बलमा ३२ रन बनाएर रन आउट भए । यसअघि ११ औं ओभरको पहिलो बलमा किप्लिन दोरिगालाई एलबीडब्लू आउट गराएका थिए ।