नेपोलीको अपराजित यात्रामा ब्रेक

नेपोलीको अपराजित यात्रामा ब्रेक



राेम । इटालिएन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो हार ब्यहाेरेको छ । पछिल्लो १० खेलमा अपराजित रहेको नेपोली शुक्रबार राति लाजियोसँग १–० ले पराजित पराजित भएको हो । घरेलु मैदानमा दोस्रो पटक पराजित नेपोली यसअघि १५ जनवरी २०२३ मा इन्टर मिलानसँग १–० ले पराजित भएकाे थियो  ।

स्टेडियो डिएगो अर्मान्डो म्याराडोनामा घरेलु टोली नेपोलीलाई ६७ औ मिनेटमा लाजियोका मेटिएस भेसिनोले गरेको गोल नै निर्णायक बन्यो । यो गोलको जवाफ फर्काउन नसक्दा नेपोली हारमा चित्त बुझाउन बाध्य भयो । 

२५ खेलमा २१ जित र २ बराबरी र २ हारको नतिजासँगै  शीर्षस्थानमा रहेको नेपोलीको २५ खेलबाट ६५ अंक छ भने लाजियोको ४८ अंकसहित दोस्रो स्थानमा छ ।