काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत सोमबार हुने घरेलु टोली युनाइटेड अरब इमिरेट्स (युएई) सँगको खेल गुमाउने भएका छन् । भुर्तेल ग्रोइन समसम्याका कारण उनी टिमबाट बाहिर रहेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।
भुर्तेलको स्थानमा अन्तिम १४ जनाको टोलीमा सन्दीप जोरालाई टिममा राखिएको क्यानले जनाएको छ । १५ सदस्यीय नेपाली टोलीमा समावेश भएका जोरा १४ जनाभित्र थिएनन् ।
यूएईमा जारी शृखंलामा पहिलो खेलमा पपुवा न्यु गिनीविरुद्ध ५५ रन बनाउँदै प्लेअर अफ दि म्याच भएका भुर्तेल पछिल्ला दुई खेलमा भने सस्तैमा आउट भएका थिए । उनी यूएईविरुद्घ ५ रनमा आउट हुँदा पपुवा न्युगिनीविरुद्धको अर्को खेलमा रोएल डक आउट भएका थिए ।
भुर्तेल टिमबाट बाहिरिएपछि अब नेपालको ओपनिङ जोडीमा समेत परिवर्तन हुनेछ । यसअघि ओपनिङ गरिसकेका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आसिफ शेखसँगै नेपालको ओपनिङ गर्ने सम्भावना छ ।
शृखंलाअन्तर्गत सोमबार नेपालले युएईसँग शृखंलाको अन्तिम खेल खेल्नेछ । त्यसपछि नेपाल, युएई र पपुवा न्युगिनिसम्मिलित लिग टु को अन्तिम शृखंला काठमाडौँमा हुनेछ ।
प्रतिक्रिया