भिमको अर्धशतकमा नेपालको ब्याटिङलाई राहत

भिमको अर्धशतकमा नेपालको ब्याटिङलाई राहत



काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा भिम सार्कीले घरेलु टोलीविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

पहिले ब्याटिङ गरिरहेको नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरेका भिमले ७८ बलमा अर्धशतक पूरा गरे । नेपालले अहिले ४१ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर १ सय १६६ रन बनाएको छ ।