भिम बने ‘प्लेयर अफ द म्याच’

भिम बने ‘प्लेयर अफ द म्याच’



काठमाडौं । आईसीसी विश्वकप लिग २ मा नेपालले यूएईमाथि ४२ रनको सानदार जित हात पारेको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो ।

पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनाएको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा यूएईलाई ऐतिहासिक रुपमा पराजित गर्दा पहिलो एकदिवसीय अन्तराष्ट्रिय अर्धशतक बनाएका भिम सार्की ‘प्लेयर अफ द म्याच’ भएका छन् ।

यूएईलाई पराजित गर्नमा ९९ बलमा ७० रन बनाउँदै पहिलो एकदिवसीय अन्तराष्ट्रिय अर्धशतक बनाएका भिम ‘प्लेयर अफ द म्याच’ भएका हुन् । नेपालका लागि भिमले ७ चौका प्रहार गरेका थिए ।