नेयमारले सिजनको बाँकी खेल गुमाउने

नेयमारले सिजनको बाँकी खेल गुमाउने



काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले यस सिजनको बाँकी खेलहरु गुमाउने भएका छन् । एंकल चोटका कारण नेयमारले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।

नेयमारको चोटको शल्यक्रिया गरिएको छ । जसको कारण उनले सिजनको बाँकी खेल गुमाउने भएका हुन् । लिग वान अन्तर्गत लिलविरुद्धको खेलमा नेयमारले चोट बोकेका थिए । फेब्रुअरी १९ मा भएको खेलमा पीएसजीले लिललाई ४-३ ले हराएको थियो ।

नेयमारले चोट बोकेपछि अब लियोनल मेस्सी र केलियन एमबाप्पेले पीएसजीको फरवार्ड लाइन सम्हाल्ने छन् ।