मकवानपुर सवारी दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

मकवानपुर सवारी दुर्घटना हुँदा दुई जनाकाे मृत्यु



मकवानपुर । हेटौंडा–सिन्धुली सडकखण्ड अन्तर्गत हेटौंडा–१७, हटिया कठायत चोकमा बुधबार बिहान भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

दुर्घटना हुँदा घाइते भएकी बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर चालक नुवाकोट जिल्लाको ककनी नगरपालिका–४ घर भई हाल बागमती गाउँपालिकामा बस्दै आएकी जीना लामाको मृत्यु भएसँगै मृतकको संख्या दुई पुगेको हो ।

लामाको चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो २ बजेर ३० मिनेटको समयमा मृत्यु भएको हो । दुर्घटना हुँदा घाइते भएका हेटौंडा–१८, भालुखोलाका १८ वर्षीय किशोर अर्जुन भोम्जनको भने हेटौंडा अस्पतालमा उपचारका क्रममा ११ बजेर ४० मिनेटको समयमा मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार मकवानपुरको बागमती गाउँपालिका–८, शान्तिपुरकी ललिता मगरको चितवनको पुरानो मेडिकल कलेजमै उपचार भइरहेको छ । घाइते मोटरसाइकलमा सवार हेटौंडा–१८, भालुखोलाका दीपक घलानको हेटौंडामा उपचार भइरहेको छ ।