एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको पहिलो शतक

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको पहिलो शतक

नेपालका लागि एक हजार रन बनाउने दोस्रो खेलाडी



काठमाडौं । नेपालका ओपनर आसिफ शेखले पपुवा न्यूनिनीविरुद्ध शतक पुरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि शेख र कुशल भुर्तेलले ओपनिङ गरेका थिए ।

पहिलो विकेटका लागि ११० रनको साझदोरी गरेका कुशल भुर्तेल व्यक्तिगत ४५ रनमा आउट भए । क्रिजमा टिकिरहेका आसिफले भने शतक पुर गरेका छन् । उनले १०१ बलमा १० चौका र २ छक्काको मदतमा १०० रन पुरा गरेका हुन् ।

आसिफले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएका छन् । उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने पाँचौं खेलाडी हुन् ।

यसअघि नेपालबाट पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए । सन् २०२१ को सेप्टेम्बरमा ओमानविरुद्ध मस्कटमा ९० रन बनाउनु आसिफको यसअघिको व्यक्तिगत उच्च स्कोर थियो ।

आसिफको शतकमा नेपालले पपुवा न्यु गिनीविरुद्ध ३५ ओभरमा ३ विकेट गुमाई १ सय ८६ रन बनाएको छ ।

आफ्नो इनिङ्सका दौरान उनी एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन बनाउने नेपालको दोस्रो खेलाडी बनेका थिए । रोहित पौडेलको ४० खेलको तुलनामा आसिफले ३२ खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पुरा गरेका हुन् ।

आसिफ र कुशल भुर्तेलसँग पहिलो विकेटमा १ सय १० रनको साझेदारी गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली ओपनिङ जोडिको यो दोस्रो ठुलो साझेदारी हो । यी दुईले नै गत वर्ष अमेरिकाको हृयुस्टनमा ओमानविरुद्ध १ सय १४ रनको साझेदारी गरेका थिए ।

नेपाली खेलाडीको दशौं शतकीय साझेदारीमा यो छैटौं उत्कृष्ट साझेदारि हो । आसिफले नेपालबाट सर्वाधिक ९ अर्धशतक बनाइसकेका छन् । सन् २०२१ को सेप्टेम्बरमा ओमानविरुद्ध मस्कटमा ९० रन बनाउनु आसिफको यसअघिको व्यक्तिगत उच्च स्कोर थियो ।

आसिफले अघिल्लो साता पपुवा न्यु गिनीविरुद्ध नै लिग २ को खेलमा दुबईमा अविजित ८६ रन बनाएका थिए ।