प्रधानमन्त्रीविरूद्ध रिटको सुनुवाइ जारी

प्रधानमन्त्रीविरूद्ध रिटको सुनुवाइ जारी



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध परेको रिटको सुनुवाइ जारी छ ।

माओवादी युद्धकालिन घटनालाई लिएर सर्वोच्च अदालतमा दायर रिटमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भइरहेको हो ।

गत मंगलबार दारयर रिटमाथि बिहीबार पेसी तोकिएको थियो । तर, बिहीबार हेर्न नभ्याइने परेपछि शुक्रबार सुनुवाइ हुन लागेको हो ।

प्रचण्डको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए ।