उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र नेतृत्वको १० दलीय गठबन्धन कार्यदलको बैठक बस्दै छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा सबै दलका दोस्रो तहका नेताहरू सदस्य छन् । उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न कार्यदलको बैठक बस्न लागेकाे हाे ।

संयोजक खड्काले उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न कार्यदलको बैठक शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने गरि बाेलाएका छन् ।

गठबन्धनबाट उपराष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय भइसकेको छैन । बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयन, मनोनयन दर्ता र निर्वाचनको तयारीका विविध विषयमा छलफल हुने नेताहरूले बताएका छन् । ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनकालागि आयोगले शनिबार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

यसअघि बिहीबार भएको राष्ट्रपति निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका छन् ।