विश्वकप लिग–२ : पीएनजीले यूएईलाई ५६ रनले हरायाे

विश्वकप लिग–२ : पीएनजीले यूएईलाई ५६ रनले हरायाे



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकेटअन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्यु गिनी (पीएनजी) ले यूएईलाई ५६ रनले हराएकाे छ ।

पीएनजीले दिएकाे २ सय ४७ रनकाे लक्ष्य पछ्याएकाे यूएई ४२ ओभर २ बलमा १ सय ९० रनमा अलआउट भयाे । यूएईका लागि आर्यन लाक्राले ५१ र मुहम्मद वसीले ४१ रन बनाए । बलिङतर्फ पीएनजीका रिले हिकुरेले ३ तथा कबुआ माेरे र आसाद भालाले २/२ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४६ रन बनायाे । पीएनजीका लागि सेसे बाउले नटआउट ८१, हिरी हिरीले ७७ र किप्लिन डाेरिगाले ५५ रन बनाए । बलिङतर्फ यूएईका लागि आयन अफजल खानले ३ तथा जुनैद सिद्दिकी र जहूर खानले २/२ विकेट लिए ।