ए डिभिजन लिग : एपीएफले आर्मीलाई हरायो

ए डिभिजन लिग : एपीएफले आर्मीलाई हरायो



काठमाडौं । विभागीय डर्बीमा एपीएफ फुटबल क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मीलाई पराजित गरेको छ ।

च्यासल मैदानमा बुधबार सम्पन्न खेलमा एपीएफले आर्मीलाई १-० गोलअन्तरले पराजित गरेको हो । एपीएफको जितमा मनी लामाले गरेको गोल नै निर्णायक बन्यो ।

उनले खेलको ३७औँ मिनेटमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन् ।

जितसँगै एपीएफले ४ खेलबाट ७ अंक जोडेको छ। एपीएफको यो दोस्रो जित हो । पराजित आर्मीको समान खेलबाट ५ अंक रहेको छ ।