नेपाल–युएई भिडन्तः २ घन्टा अघि नै भरियो खेल मैदान

नेपाल–युएई भिडन्तः २ घन्टा अघि नै भरियो खेल मैदान


ग्लोब नेपाल
189
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईको खेल हेर्न दुई घण्टा अघि नै  खेल परिसरमा दर्शकको भीड बढेको छ ।  

त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा बिहानदेखि दर्शक पुग्न सुरु गरेका छन् । बिहान ७ः ४५ सम्म टियुको दर्शक छिर्ने गेट खुलाईएपछि खेल मैदानमा पुरैमा भीड लागेको छ । क्यानले बुधबार साँझ नै सबै ११ हजार टिकट बिक्री गरेको थियो । जसका कारण  टिकट खेल मैदानमा बेचिएको छैन । खेल बिहान ९ः ३० वाट सुरु हुनेछ।