नेपाललाई पहिलो सफलता, ललितले लिए विकेट

नेपाललाई पहिलो सफलता, ललितले लिए विकेट


ग्लोब नेपाल
54
Shares

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक श्रृखंलाको अन्तिम खेलमा नेपालले युएईविरुद्ध पहिले बलिङ गरिरहेको छ ।

ताजा अवस्थामा युएइले एक विकेट गुमाएर ७० रन बनाएको छ । नेपालका ललित राजबंशीले पहिलो विकेट लिएका छन । स्पिनर ललित राजवंशीले आफ्नो दोस्रो ओभरमा यूएईका आपनर आर्यन लाक्रालाई बोल्ड गरे ।

खेल हेर्न दर्शकको भीड
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ रोजेको हो । युएईले ब्याटिङ रोजे पछि नेपालले पहिले बलिङ गरेको हो ।

आजको खेलमा करण केसी बाहिर रहँदा गुलशन झाले टिममा स्थान बनाएका छन् । २०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो । घरेलु टोली नेपाल जित निकाल्दै जिम्बाबेमा आयोजना हुने विश्वकप छनोट खेल्ने लक्ष्यमा रहेको छ ।