नेपाल लिग–२ को शीर्ष तीनमा

नेपाल लिग–२ को शीर्ष तीनमा



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई हराउँदै नेपाल शीर्ष तीनमा परेको छ ।

डकवर्थ एन्ड लुइस मेथडअनुसार ९ रनले जित निकाल्दै नेपाल लिग–२ बाट भारतमा हुने एकदिवसीय विश्वकपका लागि छनोट खेल्ने तेस्रो टिम बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिग–२ को अन्तिम त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपालले यूएईबाट ३११ रनको लक्ष्य पाएको थियो ।

लक्ष्य पछ्याउने क्रममा नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । र, डकवर्थ एन्ड लुइस मेथडअनुसार नेपालले ४४ ओभरमा २६७ रन बनाउनुपर्ने थियो । तर, ४४ ओभरमा नेपालले २६९ रन बनाएकाले जित निकालेको हो ।

४३ ओभरमा ६ रन र ४४ ओभरमा ८ रन जोड्दा नेपालले ६ विकेटको क्षतिमा २६९ रन जोडेको थियो । त्यतिबेला त्रिवि मैदानमा खेल्न पुग्ने प्रकाश नहुँदा अम्पायरले खेल रोके । जसको फाइदा नेपाललाई भयो । खेल नेपालले डिएल मेथडमा ९ रनले जित्यो ।