नेपाल विश्वकप छनोटमा पुगेकोमा प्रधानमन्त्रीले‍ दिए बधाई

नेपाल विश्वकप छनोटमा पुगेकोमा प्रधानमन्त्रीले‍ दिए बधाई



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै विश्वकप छनोटमा पुगेकोमा क्रिकेट टिमलाई बधाई दिएका छन् ।

नेपाली क्रिकेट टिमले यूएईलाई डीएल (डकवर्थ लेविस) नियमअनुसार ९ रन पराजित गर्दै विश्वकप छनोटमा पुग्न सफल भएको थियो । प्रधानमन्त्री दाहालले नेपाली क्रिकेट टिमलाई बधाई दिँदै भनेका छन्, ‘आईसीसी क्रिकेट विश्वकप लिग-२ मा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु । लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई !’

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको थियो । योसँगै नेपाल विश्वकप छनोट चरणमा प्रवेश गरेको हो । आजको खेल जितेपछि नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै ४० अंक बनाएर जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउने भएको हो ।

प्रधानमन्त्री दाहाल बिहीबारको खेल सुरु हुँदा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम पुगेका थिए ।