राष्ट्रपतिले क्रिकेट खेलाडीलाई सम्मान गर्न शीतलनिवास बोलाए

राष्ट्रपतिले क्रिकेट खेलाडीलाई सम्मान गर्न शीतलनिवास बोलाए



काठमाडौं । बिहीबार घरेलु मैदानमा यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपति पौडेलले शीतलनिवासमा आमन्त्रण गरेका छन् ।

क्रिकेट खेलाडीलाई शुक्रबार दिउँसो शीतलनिवास बोलाइएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको हो ।

यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजेता क्रिकेट खेलाडीलाई बालुवाटार बोलाएर बधाइ तथा शुभकामना दिएका थिए । प्रधानमन्त्री प्रचण्डले विश्वकप छनोटमा नेपाललाई सफलता दिलाउने खेलाडीर्ला सरकारको तर्फबाट जनही ३ लाख दिने घोषणा गरिसकेका छन् ।