सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइटमा समस्या

सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइटमा समस्या


ग्लोब नेपाल
918
Shares

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइटमा समस्या देखिएको छ । लोड धान्न सक्ने सर्भर सिस्टम विकास नगरिएकाले वेभसाइटमा समस्या देखिएको हो । साइटमा समस्या आएपछि जारी गरिएको बेलपत्र, आशयपत्र र सिलबन्दी दरभाउको म्याद प्रभावित हुन पुगेको छ ।

विद्युतीय खरिद प्रणाली सञ्चालनमा आएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइटमा भिजिटर अत्याधिक हुने गरेको छ । तर वेभसाइटको सर्भर सिस्टम भने पुरानै रहेकाले यस्तो समस्या देखिने गरेको प्राविधिकहरु बताउँछन् ।

सञ्चालनमा ल्याएको विद्युतीय खरिद प्रणालीमा मर्मत सम्भार कार्य भएकाले समस्या आएको कार्यालयले जनाएको छ । प्रयोगकर्ताको सहज पहुँच हुन नसकेको हुँदा विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका बमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणाली व्यवस्थापकमार्फत् आज चैत ६ गते सोमबारसम्म अनलाइन दाखिला गर्ने अन्तिम म्याद भएका सम्पूर्ण बोलपत्र, आशयपत्र र सिलबन्दी दरभाउको एक सातासम्म म्याद थप गरिएको छ ।