कृष्ण लामिछानेको अन्त्येष्टि अमेरिकामै शुक्रवार

कृष्ण लामिछानेको अन्त्येष्टि अमेरिकामै शुक्रवार


ग्लोब नेपाल
1.5k
Shares

काठमाडाैं । टेक्ससस्थित घरमै मृत फेला परेका एनआरएनए अभियान्ता कृष्ण लामिछानेको भाेलि शुक्रवार अन्त्येष्टि गरिने भएको छ । परिवारको सहमतिमा लामिछानेको मार्च २४ तारिक शुक्रवार बिहान ९ बजे देखि ११ बजेसम्म अन्त्येष्टि गर्ने तयारी गरिएको हो ।

लामिछानेको अन्त्येष्टि हिन्दु परम्परा अनुसार गरिने पारिवारिक बतााएको छ। लामिछानेको ह्युजेस फेमिली ट्रिबुट सेन्टरमा अन्त्येष्टि गरिने छ । लामिछाने बुधबार साँझ कोपेलस्थित आफ्नै घरमा मृत फेला परेका थिए । उनको पार्थिक शरीरलाई प्रहरीले परिवारलाई बुझाएपछि शवगृहमा राखिएको छ । स्थानीय प्रशासनले पोष्टमार्टम रिपोर्ट दिन बाँकी छ ।

लामिछानेको असामान्य निधनप्रति नेपाली समाज शाेकमग्न भएको छ । समाजिक संजालमा नेपाली समुदायका सदस्यहरुले शोक व्यक्त गर्दै हार्दिक समवेदना प्रकट गरिरहेका छन् ।