जनकपुरका वडाध्यक्ष र सचिव घुससहित अख्तियारको नियन्त्रणमा

जनकपुरका वडाध्यक्ष र सचिव घुससहित अख्तियारको नियन्त्रणमा



जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका -११ का वडाअध्यक्ष अर्जुनकुमार चौधरी र सचिव माधवकुमार राय घुस रकमसहित पक्राउ परेका छन् ।

बर्दिवास कार्यालयबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरको विवाहमण्डप पछाडी रहेको रोहन होटलबाट सेवाग्राहीसँग लिएको ५० हजार घुससहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

हाल उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारका डिएसपी शुभाष रायले बताए ।