युरोकप छनोट : फ्रान्ससँग नेदरल्यान्ड्स पराजीत

युरोकप छनोट : फ्रान्ससँग नेदरल्यान्ड्स पराजीत



लन्डन । केलियन एमबाप्पेको कप्तानीमा फ्रान्सले युरोकप छनोटमा जित हात पारेका छन् । शनिबार बिहान भएको खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई ४-० गोल अन्तरले हराएको हो । फ्रान्सको जितमा एमबाप्पेले दुई गोल गरे । एन्टोनी ग्रीजम्यान र डायोट उपामेकानोले एक/एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा ग्रीजम्यानले गोल गर्दा फ्रान्सले सुरुआती अग्रता बनाएको छ । ८ औँ मिनेटमा डायोटले गोल गर्दै फ्रान्सलाई २-० को अग्रता दिलाएका थिए । २१औं मिनेटमा कप्तान एमबाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा ३-० ले अगाडि बढाए। खेलको ८८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ४-० को जित दिलाएका छन् ।

यो जितसँगै समूह ‘बी’ मा फ्रान्सले ३ अङ्क जोडेको छ। नेदरल्यान्ड्स अङ्कविहीन छ । यही समूहको अर्को खेलमा ग्रिसले जिब्राल्टारलाई ३-० ले हराउँदै विजयी सुरुआत गरेको छ।