पहिलो हाफमा नेपाल र रसियाको बराबरी

पहिलो हाफमा नेपाल र रसियाको बराबरी



काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले अहिले रसियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र रसियाले गोलरहित बराबरी खेलेका छन् । नेपाल आज रसियालाई हराउँदै दोस्रो जित निकाल्न चाहन्छ । नेपाल २ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग ४-१ गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले भुटानलाई ५-० ले हराएको थियो ।

रसिया लगातार तेस्रो जितको खोजीमा हुनेछ । रुसले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा भुटानलाई हराएको थियो । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ ।

नेपालले चौंथो खेलमा मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।