नेपाल इन्जिनियरिङ परिषद्ले लिएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

नेपाल इन्जिनियरिङ परिषद्ले लिएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । नेपाल इन्जिनियरिङ परिषद्ले लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ । चैत्र १२ र १३ गते लिइएको इन्जिनियर लाइसेन्स परीक्षाको परिषद्ले सोमबारै नतिजा सार्वजनिक गरेको हो । जसमा ७१ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।

लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम भरेका थिए । तर परीक्षामा सहभागीहरूको संख्या भने १ हजार ९८१ थियो । तीमध्ये ५६५ जनामात्र पास भएको परिषद्ले जनाएको छ । ११ जनाको परीक्षा रद्द गरिएको छ । यसअनुसार २८.५ प्रतिशत मात्र परीक्षार्थी पास र ७१.५ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।

इन्जिनियर उत्तीर्ण गरेकाहरूले इन्जिनियरिङ व्यवसायका लागि काउन्सिलमा दर्ता हुनुपर्ने व्यवस्था छ । यसअघि परिषद्ले शैक्षिक प्रमाणपत्रको आधारमा दर्ता नम्बर उपलब्ध गराउँथ्यो । त्यसबाट गुणस्तरमा प्रश्न उठेपछि परिषद्ले परीक्षामा पास भएकाहरूलाई मात्र लाइसेन्स दिन थालेको हो ।