ज्ञानेन्द्र शाहीलाई मिटरब्याजीपीडितले भने- राजावादी र सामन्तवादीको समर्थन चाहिँदैन

ज्ञानेन्द्र शाहीलाई मिटरब्याजीपीडितले भने- राजावादी र सामन्तवादीको समर्थन चाहिँदैन



काठमाडौं । मिटरब्याजीपीडित आज बिहानैदेखि विरोध प्रदर्शनमा उत्रिएका छन् । अहिले उनीहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।

सोहीक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही उनीहरूका मागमा समर्थन जनाउन माइतीघर पुगे । उनले पार्टीका तर्फबाट उनीहरूका मागमा ऐक्यबद्धता जनाए ।

तर, मिटरब्याजीपीडितले उल्टै उनीविरुद्ध नारा लगाए । उनीहरूले ‘राजावादीको समर्थन चाहिँदैन’ भन्दै नारा लगाएका हुन् । आफूहरूका समस्यालाई राजनीतिकरण नगर्न उनीहरूले शाहीलाई आग्रह गरेका थिए ।

शाही राजावादी र सामन्तवादी भएको भन्दै मिटर ब्याज पीडितहरुले नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए ।

११ दिन पैदल हिँडेर सोमबार उनीहरू काठमाडौं आइपुगेका थिए । पीडितले सोमबार खुलामञ्चअगाडि प्रदर्शन गरेका थिए । बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेका फेरि धर्नामा बसेका छन् ।

उनीहरूले ‘मिटरब्याजीलाई कारबाही गर’, ‘मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर’ ‘पीडितलाई न्याय दे’, ‘तमसुक व्यवस्था खारेज गर्’लगायत प्लेकार्ड प्रदर्शन गरेका छन् ।