गठबन्धन बैठकमा न्युनतम साझा कार्यक्रमको मस्यौदा पेस

गठबन्धन बैठकमा न्युनतम साझा कार्यक्रमको मस्यौदा पेस



काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन् । अब उक्त मस्यौदामा बुधबार छलफल हुने बताइएकाे छ ।

गठबन्धनको बैठक मन्त्रालय भागबण्डाका विषयमा कुरा नमिलेपछि भोलि बिहान ९ बजे बस्नेगरी बैठक सकिएको हो ।

बैठकमा दलका नेताहरूले मन्त्रालयमा अडान लिँदा सहमित हुन नसकेको सहभागी एक नेताले बताए । भोलि न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने बताइएकाे छ ।

बैठकमा प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीका नेताहरु सहभागी थिए ।