विश्वकप छनोट प्लेअफ : आज दुई खेल हुँदै

विश्वकप छनोट प्लेअफ : आज दुई खेल हुँदै


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा आज दुई खेल हुदैछ । नामिबियाको विन्डोकमा रहेको वन्डुरस र युनाईटेड क्रिकेट मैदानमा समान १/१ खेल हुदैछ ।

वन्डुरस क्रिकेट मैदानमा हुने खेलमा क्यानडा र अमेरिकाबीच खेल हुदैछ । प्रतियोगितामा दोस्रो खेल खेल्न लागेका दुवै टोली अपराजित यात्रा कायम राख्न चाहन्छ ।

क्यानडा आजको खेलमा विजयी भए एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाउन लगभग तयार हुनेछ । अमेरिका भने विश्वकप छनोटमा आफ्नो स्थान बनाउन जित निकाल्न चाहन्छ । आज नै हुने अर्को खेलमा नामिबिया र पपुवा न्युगिनी(पीएनजी) खेल्दै छन् । खेल युनाइटेड मैदानमा हुनेछ ।

दोस्रो खेल खेलिरहेका दुवै राष्ट्र पहिलो जितको खोजीमा रहेका छन् । पीएनजी आजको खेलमा जित हात पारेर एक दिवसीय अन्तराष्ट्रिय मान्यता कायमै राख्ने सम्भावना जीवित राख्न चाहन्छ । दुवै खेल नेपाली समय अनुसार दिउँसो सवा १ मा सुरु हुनेछ ।

प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरूको सहभागिता रहेको छ ।

लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौँ, युएई छैटौँ र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।