प्रधानमन्त्री थ्री नेसन्स कप : लाओसविरुद्ध नेपालले फर्कायो गोल

प्रधानमन्त्री थ्री नेसन्स कप : लाओसविरुद्ध नेपालले फर्कायो गोल



काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा अहिले नेपालले लाओसविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा लाओसविरुद्ध नेपालले १-१ गोलको बराबरी फर्काएको छ ।

खेलको २४ औं मिनेटमा आयुष घलानले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसअघि खेलको १७ औं मिनेटमा लाओसका फोउचाङभोङले गोल गरेका थिए ।

भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका हुन् ।

नेपालले पहिलो खेलमै लाओसलाई २–० ले पराजित गरेको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो । लाओसले भने भुटानलाई २–१ ले पराजित गरेको थियो ।