‘ए’ डिभिजन लिगमा एपीएफ र सङ्कटा विजयी

‘ए’ डिभिजन लिगमा एपीएफ र सङ्कटा विजयी



काठमाडौं । शहीद स्मारक लिग ‘ए’ डिभिजन फुटबलमा आज साेमवार भएका खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र सङ्कटा क्लब विजयी भएका छन् ।

ललितपुरको च्यासलमा भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हरायो । एपीएफका लागि एडम डोम्बिया र सबिन गुरुङले गरे । यो जितसँगै एपीएफ १० अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा उक्लिएको छ । पुलिसको भने यो पाँचाैँ हार हो । पुलिस १ अङ्कका साथ पुछारमा छ ।

यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटाले खुमलटार एफसीलाई १–० गोल अन्तरले हराएको छ । सङ्कटाका लागि खेलको २७ औँ मिनेटमा जुनियर अनगुनेले गोल गरे । सङ्कटा ९ अङ्कसहित छैटाैँ र खुमलटार ६ अङ्कसहित नवौँ स्थानमा छ । सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणका खेल आजदेखि सुरु भएका हुन् ।