काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।
सोमबार प्रतितोला १ लाख ८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि चैत ५ गते सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँसम्म पुगेको थियो । चाँदीको मूल्य मंगलबार प्रतितोला १० रुपैयाँ बढेर १४ सय रुपैयाँ पुगेको छ । चाँदी भने यसअघि गत माघ १९ गते प्रतितोला १४५० रुपैयाँसम्म पुगेको थियो ।
प्रतिक्रिया