महासंघ निर्वाचन : वरिष्ठ उपाध्यक्षमा संघई र अन्जनको उम्मेदवारी दर्ता

महासंघ निर्वाचन : वरिष्ठ उपाध्यक्षमा संघई र अन्जनको उम्मेदवारी दर्ता



काठमाडौं । नेपालका उद्योगी, व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । आज ५ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय तोकिएको छ ।

हालसम्म रामचन्द्र संघीई र अन्जन श्रेष्ठ गरी २ जनाले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत लीलामणि पौडेलले बताएका हुन् ।

यसअघि १९ चैतमा संघईले उम्मेदवारी दर्ता गराएका थिए भने अन्जनले गराएका हुन् । महासंघको वरिष्ठ उपाध्यक्ष पदमा ३ जनाले उम्मेदवारी दिने घोषण गरेका छन् । यीमध्ये उमेशलाल श्रेष्ठको उम्मेदवारी दर्ता हुन बाँकी छ ।

महासंघको साधारणसभा र नेतृत्व चयनका लागि आगामी २८–२९ चैतमा काठमाडौंमा निर्वाचन हुँदै छ । अहिलेसम्म सबै पदमा गरी कुल ५६ जनाले उम्मेदवारी दर्ता गराएको महासंघको निर्वाचन परिचालन समितिले जनाएको छ ।