रविविरुद्ध तीनजनाको दाबी विरोध र एक उजुरी

रविविरुद्ध तीनजनाको दाबी विरोध र एक उजुरी

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोध्यो स्पष्टीकरण



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध तीनवटा दाबी विरोध र एउटा उजुरी परेको छ ।

सोमबार भएको उम्मेदवारी दर्ताविरुद्ध मंगलबार तीनजना उम्मेदवारले रवि उम्मेदवार बन्न अयोग्य रहेको भन्दै दाबी विरोधको सूचना दर्ता गराएका हुन् ।

स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र अर्का स्वतन्त्र उम्मेदवारका प्रतिनिधि शिवबहादुर सुवेदीले दाबी विरोध गरेका हुन् ।

त्यस्तै, रविविरुद्ध उजुरी दिँदै आएका युवराज पौडेल सफलले उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी दिएका छन् ।

उनीमाथि उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई स्पष्टीकरण सोधेको छ । भोलि दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बताए ।

“हामीले उहाँलाई स्पष्टीकरण सोधका छौँ । १ बजेसम्ममा जवाफ दिनुहोला भनेका छौँ । दाबी विरोधीबारे ५ बजेसम्ममा निर्णय गर्नेछौँ,” उनले भने ।

पौडेलेको उजुरीको स्पष्टीकरण भने निर्वाचन आयोगमा पठाइने उनले बताए ।