सन्दीपको मुद्दामा भएन सुनुवाइ

सन्दीपको मुद्दामा भएन सुनुवाइ



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बुधवार सुनुवाइ भएन । जिल्ला अदालत काठमाडौँका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ तोकिएको थियो । समय अभावका कारण सन्दीपको मुद्दामा ‘इजलासबाट नभ्याएको’ जिल्ला अदालत काठमाडौँले जनाएको छ ।

पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे शर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए । उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो ।

सर्वोच्च अदालतले लामिछानेलाई अदालतलाई जानकारी गराएर विदेशमा खेल्न जान अनुमति दिएको थियो । अब, उनको मुद्दामा जिल्ला अदालतबाट अन्तिम सुनुवाइ हुँदैछ । परिवर्तित नाम गौशाला–२६ ले उनीविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।