दीपायलमा बृहत् लिफ्ट सिँचाइ योजना सुरु

दीपायलमा बृहत् लिफ्ट सिँचाइ योजना सुरु



डोटी । डोटीको दीपायलमा पहिलो पटक बृहत् लिफ्ट सिँचाइ योजना निर्माण सुरु गरिएको छ । दीपायल सिलगढी नगरपालिकाले वडा नं १, २ र ३ का लागि बासुधारास्थित सेती नदीबाट रु ६० लाखलागतमा लिफ्ट सिँचाइ योजना निर्माण अघि बढाएको हो ।

योजना निर्माणपछि सेती नदीको पानी दुई सय मिटर अग्लो उचाइमा रिजर्भ गरिनेछ भने त्यसबाट करिब तीन हजार घरपरिवारले सिँचाइ गर्न पाउनेछन् । यो क्रमागत योजना भएकाले २०८० सालभित्र सक्ने गरी निर्माण सुरु गरिएको पनि नगरकार्यपालिकाको भनाइ छ ।

सिँचाइ सुविधापछि व्यावसायिक तरकारी खेतीबाट कृषकहरुको आयस्तर बढाउने अपेक्षा गरिएको स्थानीय खगेन्द्र बोगटीले बताए । योजना सञ्चालनमा आएपछि सिँचाइका लागि पावर डिप स्यालो ट्युबेल जडान गरिनेछ ।

दीपायल सिलगढी नगरपालिकाको चालु आर्थिक वर्षको बजेटमा सेती नदी बासुधारास्थित लिफ्ट सिँचाइ योजना समावेश गरिएको थियो ।