क–कसको पर्यटनदूत पद खारेजीमा पर्‍यो (नामसहित)

क–कसको पर्यटनदूत पद खारेजीमा पर्‍यो (नामसहित)



काठमाडौं । तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नियुक्त गरेका २६ जना पर्यटनदूतको पद खारेजीमा परेको छ । वर्तमान मन्त्री सुदन किराँतीले पर्यटन प्रवर्द्धनसम्बन्धी नयाँ कार्यविधि ल्याएसँगै उनीहरुको पद खारेजीमा परेको हो ।

पर्यटन महाशाखा प्रमुख सरोज पोखरेलका अनुसार पर्यटनदूतको सट्टामा अब पर्यटन प्रवर्द्धक भनिने छ । बर्खास्तमा परेका पर्यटनदूतलाई इमेलमार्फत् जानकारी पठाइने उनले बताए । नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले नियुक्त गरिने पर्यटन प्रवर्द्धकको नियुक्तिलाई विधि सम्मत बनाउँदै उनीहरुको कामलाई व्यवस्थित, प्रभावकारी र नतिजामूलक बनाउन मन्त्रालयले नयाँ कार्यविधि पारित गरेको महाशाखा प्रमुख पोखरेलले बताए । उनले भने, ‘यो कार्यविधि पारित भएसँगै पुराना नियुक्ति स्वतः बद्दर भएका छन् ।

नियुक्ति बद्दर हुनेमा सबैभन्दा धेरै अमेरिकाका छन् । अमेरिकाबाट ११ जनाले पर्यटनदूतका रुपमा नियुक्ति पाएका थिए । यी २६ मध्ये ५ जना विदेशी नागरिक छन् । ब्रुनो अलेगी (इटाली), शिरो कुराउची (जापान), हेन्स हर्मन बोटेनब्रख (जर्मनी), कोमियामा योशिहारु (जापान) र क्युहो हुवाङ (दक्षिण कोरिया) रहेका छन् । नयाँ कार्यविधि आएसँगै उनीहरुको पद बद्दर भएको हो ।

बर्खास्तमा परेका पर्यटनदूत