म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई हरायो

म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई हरायो



लन्डन। इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल लेगमा सहज जित निकाल्न सफल भएको छ । मंगलबार राति भएको पहिलो लेगमा सिटीले जर्मन क्लब बायर्न म्युनिखलाई ३-० गोल अन्तरले हराएको छ ।

घरेलु मैदानमा सिटीलाई जित निकाल्न रोड्री, बेर्नार्डो सिल्भा र अर्लिङ हालाण्डले १/१ गोल गरेका थिए । खेलको २७ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका छन् ।

खेलको ७० औं मिनेटमा सिल्भाले सिटीको अग्रता दोब्बर बनाएका थिए । खेलको ७६ औं मिनेटमा हालाण्डले गोल गर्दा सिटी ३-० ले विजयी भएको थियो।

बायर्नविरुद्धको गोलसँगै हालाण्डले यस सिजन ३९ औं खेलमा ४५ गोल पूरा गरेका छन् । एकै सिजन सबैखाले प्रतियोगितामा ४५ गोल गर्ने उनी पहिलो प्रिमियर लिगका खेलाडी बनेका छन् ।