‘ए’ डिभिजन लिग : संकटाले एपीएफलाई हरायो

‘ए’ डिभिजन लिग : संकटाले एपीएफलाई हरायो



काठमाडौं । संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जित निकालेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा संकटाले नेपाल एपीएफ क्लबलाई १-० गोल अन्तरले हराएको छ ।

संकटाको जितमा जुनियर ओन्गुइने एनकेन्गुएले निर्णायक गोल गरे । जुनियरले खेलको २९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । एपीएफका एडमा डोम्बियाले आयुष घलानलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि संकटाले पेनाल्टीको अवसर पाएको थियो ।

जर्सी जुद्धा खेल २७ मिनेट ढिला सुरु भएको थियो । एपीएफका खेलाडीले लगाउने जर्सी र संकटाका गोलकिपरले लगाउने जर्सी एकै रंगको परेको थियो । पछि संकटाका गोलकिपरले फरक जर्सी लगाएका थिए ।

संकटाको यो चौंथो जित हो । संकटाले १५ अंक जोडेको छ । एपीएफले ११ अंक जोडेको छ ।