मलेसियाविरुद्ध नेपाल : हेड टु हेड

मलेसियाविरुद्ध नेपाल : हेड टु हेड



काठमाडौं । एसियाली क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपको पहिलो खेलमा भोली मंगलबार नेपालले मलेसियासँग खेल्दैछ । टियु मैदान कीर्तिपुरमा हुने खेल बिहान साढे नौबाट सुरु हुनेछ ।

नेपाल मलेसियाबीचमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) तथा एसीसीका प्रतियोगिताहरुमा धेरै पटक भेट भएको छ । नेपाल र मलेसियाबीचको पछिल्लो पाँच भेटमा नेपाल अपराजित रहेको छ ।

नेपाल र मलेसियाबीचको पछिल्लो भेट २०१८ को एसीया कप छनोट प्रतियोगितामा भएको थियो । मलेसियामा नै आयोजना भएको सो प्रतियोगितामा नेपाल १९ रनले विजयी भएको थियो ।

मलेसियामा नै आयोजना भएको विश्वकप क्रिकेट लिग डिभिजन थ्रीमा समेत नेपाल विजयी भएको थियो । २०१४ को अक्टोबर महिनामा आयोजना भएको खेलमा नेपालले डीएल मेथडमा ३६ रनको जित हात पारेको थियो ।

एसीसी प्रिमियर लिगमा २०१४ नेपाल र मलेसियाबीच खेल भएको थियो । मलेसियामा नै भएको सो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो ।

२०१२ को एसीसी ट्रफि एलिटको सेमिफाईनलमा नेपाल र मलेसियाबीच खेल भएको थियो । यस खेलमा नेपाल २१ रनले विजयी भएको थियो ।

नेपाल र मलेसियाबीचको खेल २०१२ को डिभिजन चारका क्रममा उसकै घरेलु मैदानमा भएको थियो । मलेसियालाई यस खेलमा नेपालले १० विकेटले जितेको थियो । उक्त खेलमा नेपालका शक्ति गौचनले १० ओभरमा २ रन खर्चिएर ३ विकेटको कीर्तिमानी बलिङ गरेका थिए ।