प्रत्येक महिना तलबको तीन हजार खेलाडीमा खर्च गर्ने सांसद शाहीको घोषणा

प्रत्येक महिना तलबको तीन हजार खेलाडीमा खर्च गर्ने सांसद शाहीको घोषणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले आफ्नो मासिक तलबको तीन हजार रुपैयाँ खेलाडीका लागि खर्च गर्ने घोषणा गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले खेलाडीले देशभन्दा खाडीमा भविष्य देखिरहेको बताए । उनले राज्यको व्यवस्था परिवर्तन गर्नुपर्ने पनि बताए । प्रदेश सरकारका नाममा खर्च मात्र भएको भन्दै त्यो खारेज गर्नुपर्ने बताएका हुन् ।

प्रतिनिधिसभाको सांसद संख्या पनि घटाउनुपर्ने उनको प्रस्ताव छ । उनले भने, “प्रदेशलाई खारेज गरौँ । सांसद्को संख्या १६५ जनाबाट १०५ जना प्रत्यक्ष बनाऔँ, २७५ आवश्यक छैन ।”