काठमाडौंको फोहोर फाल्न नदिने दुई पालिकाको चेतावनी

काठमाडौंको फोहोर फाल्न नदिने दुई पालिकाको चेतावनी


ग्लोब नेपाल
135
Shares

काठमाडौं । गत २३ जेठमा भएको सम्झौता कार्यान्वयन नभए नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले फोहोर राक्ने चेतावनी दिएका छन् । उनीहरुले सहमति कार्यान्वयनका लागि १५ दिनको अल्टिमेटम दिएका छन् । ५ वैशाखमा बसेको दुई पालिकाको संयुक्त बैठकले यस्तो निर्णय गरेको बताइएकाे छ ।

वर्गीकरण गरेर मात्रै फोहोर व्यवस्थापन गर्नु पर्ने, फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीनसम्म रातिमा मात्र गर्ने, रातिको लागि आवश्यक बत्ती तथा सडकको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने लगायतका विषयमा गत २३ जेठ, २०७९ मा शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिका तथा गत २६ जेठमा नै काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरु बीच सम्झौता भएको थियो ।

काठमाडौंको फोहोरको जिम्मा आफुहरुले नलिएका भन्दै, यहाँ सधैं फोहोर फाल्ने अनि सम्झौता गर्ने तर कार्यान्वयन चाहिं नगर्ने भन्दै दुई पालिकाले फोहोर राक्ने चेतावनी दिएका हुन् ।

दुवै पालिकाका अति प्रभावित, प्रभावित र बेलकोटगढी नगरपालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किमि जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया तुरुन्त अगाडि बढाउनु पर्ने माग उनीहरुले राखेका छन् ।

संयुक्त प्रेश विज्ञप्ति :