काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबले जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
थ्री स्टारको लागि लाकेन लिम्बुले गरेको गोल नै निर्णायक बन्यो । खेलको १४औँ मिनेटमा लेफ्ट विङबाट आदित्य शाक्यले दिएको पासलाई लोकेनले पोष्टमा प्रहार गरे । हिमालयन शेर्पाका डिफेन्डर संजित राईले क्लियर गर्न खोजेको बल गोलमा परिणत भयो ।
४८औँ मिनेटमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले पेनाल्टी गोल गर्न सकेनन् ।
प्रतिक्रिया