कुशलको शतकमा नेपालको अहिलेसम्मकै उच्च स्कोर

कुशलको शतकमा नेपालको अहिलेसम्मकै उच्च स्कोर

ओमानलाई दियो ३११ रनको लक्ष्य


ग्लोब नेपाल
324
Shares

काठमाडौं । कुशल मल्लको उत्कृष्ट शतकमा नेपालले एसीसी मेन्स प्रिमियर कपमा ओमानसामु ३ सय ११ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो ।

नेपालका लागि अलराउन्डर कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्काको सहयोगमा १ सय ८ रनको शतकीय ईनिङ खेले । उनले ५९ आफ्नो शतक पूरा गरेका थिए ।

सुरुआत राम्रो हुन नसकेको नेपालका मध्येक्रमका ब्याटरहरुले राम्रो साझेदारी गरेर नेपाललाई बलियो स्थितिमा पुर्याएका थिए ।

टिमको स्कोर शुन्य रनमा रहँदा दुवै ओपनरलाई गुमाएको नेपालले २८ औं बलमा रनको खाता खोलेको थियो ।

तेस्रो विकेटका लागि कप्तान रोहित कुमार पौडेल र भिम सार्कीले ५४ रनको साझेदारी गरेका थिए । कप्तान रोहितले २३ रन बनाउँदा भिम ३३ रनमा आउट भए ।

पाँचौ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए । आरिफ २९ रन बनाउँदै आउट भएका थिए ।

सोमपाल कामीले ४८ बलमा ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेले । सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका थिए ।

करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे । ओमानका लागि आयान खानले २ तथा बिलाल खान,कलिमुल्लाह खान, जिशान मकशुद,फायाज बट र जतिन्दर सिंहले समान १/१ विकेट लिए ।