काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । १६२ यात्रु सवार फ्लाई दुबईको विमानमा आगलागी भएको हो ।
नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार एउटा इन्जिनमा आगो लागेपछि विमानलाई आकस्मिक अवतरण गराउने प्रयास भइरहेको छ ।
सहप्रवक्ता ज्ञानेन्द्र भूलले भने, ‘अहिले उक्त विमानलाई २८ हजार फिटमाथि होल्ड गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ल्यान्ड गराउने तयारी भइरहेको छ ।’
कोही चिन्ता नगर्नुहोला : पर्यटनमन्त्री सुदन किराती
पर्यटनमन्त्री सुदन किरातीले फ्लाई दुवईको जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदै गरेको बताएका छन् । “फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदै छ । कोही चिन्ता नगर्नुहोला सबैलाई शुभयात्रा,” उनले भनेका छन् ।


प्रतिक्रिया